झापा,चैत १२ । मोरङमा यातायात कार्यालय विराटनगरबाट बिचौलिया काम गर्ने १२ जना पक्राउ परेका छन्।

विराटनगर महानगरपालिका वडा नम्बर ४ स्थित यातायात कार्यालय विराटनगर अगाडि बिचौलियाको रूपमा काम गर्ने, सर्वसाधारण मानिसलाई प्रलोभनमा पारी दुःख दिने, हैरानी दिनेलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– ३ का ४१ वर्षीय सन्जिव कोइराला, २४ वर्षीय राजेश खड्का, २५ वर्षीय गौरव कुमार माझी, ३७ वर्षीय राजु कोइराला, २२ वर्षीय राजीव मण्डल, महानगरपालिका–११ बस्ने २७ वर्षीय युवराज लम्साल छन्।

त्यस्तै, महानगरपालिका–५ बस्ने ३१ वर्षीय अनिल बस्नेत, सुनसरी बर्जु गाउँपलिका–६ बस्ने २७ वर्षीय प्रविणकुमार थन्दार, मोरङ कटहरी गाउँपालिका–१ का ३७ वर्षीय भागवत राजवंशी, मोरङ बुढीगंगा गाउँपालिका–२ का ५० वर्षीय उदय कार्की र सोही गाउँपालिका वडा –१ का २१ वर्षीय सुनिल दाहाल र विराटनगर महानगरपालिका–३ का २९ वर्षीय अजयकुमार मण्डल पक्राउ परेका हुन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको इन्स्पेक्टर सरोज खनालको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्