झापा,चैत १२ । आइसिसी यू–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपाली युवा टोलीले अभ्यास खेलमा भारतको दिल्ली यू–१९ टोलीलाई पराजित गरेको छ।

मंगलबार वीरगञ्जमा भएको पहिलो एकदिवसीय खेलमा नेपालले दिल्लीलाई ५ विकेटले हरायो।

दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ३१ ओभरमा पूरा ग¥यो।

नेपालका लागि अमर मिश्रले सबैभन्दा बढी २७ रन जोडे भने रोशन विकले नटआउट २५ रनको योगदान दिए। सिब्रिन श्रेष्ठले १७ रन र कप्ताान नरेन भट्टले १८ रन बनाए।

त्यसअघि नेपालका ओपनरद्वय निरजकुमार यादव र शाहिल पटेल दुवै शून्यमा आउट भएका थिए।

पहिले ब्याटिङ गरेको दिल्ली २३.२ ओभरमा ९५ रनमै अलआउट भयो। उसका लागि ओपनर साथक पालले सबैभन्दा बढी २९ रन बनाए।
बलिङमा नेपालका सिब्रिन श्रेष्ठ र अपराजित पौडेलले ३–३ विकेट लिए। विपिनप्रसाद शर्मा र अशोक धामीले २–२ विकेट हात पारे।

विश्वकप छनोटको तयारीका लागि दिल्लीसँग तीन खेलको सिरिज खेलेपछि नेपालले अफागानिस्तानसँग पनि तीन खेलको सिरिज खेल्ने तय छ। अफगानिस्तानसँगको सिरिज चैत २१ देखि मुलपानीमा हुनेछ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्