
झापा,चैत १५ । राजावादीका प्रदर्शनकारीले तीनकुनेको घरमा आगो लगाएका छन् । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।
आन्दोलनकारीले सो घरमा प्रहरी लुकेको भन्दै ढुंगामुढा गरेका थिए । प्रहरीलाई संरक्षण गरेर आफूहरुमाथि दमन गर्न सघाएको भन्दै प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको जनाइएको छ ।
घरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले घरभित्रबाट सामान बाहिर ल्याएर जलाएका थिए । उनीहरुले सुरुमा घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका थिए ।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भएको छ। झडपमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्। अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ। राजावादी समर्थकहरू कार्यक्रम स्थल छोडेर बाहिर प्रदर्शन गरिरहेका छन्। उनीहरूमाथि प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ।