
झापा,चैत १५ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी भएको छ । राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ ।
तोडफोडबाट कार्यालयका शिसाहरु फुटेका छन् । यस्तै कार्यालय नजिकै प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छ्न ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीको कार्यालय राजावादीहरुले जलाएका छन् ।
राजधानीको तीनकुने क्षेत्रमा प्रहरीले कफ्र्यु सुरु हुन लागेको भन्दै माइकिङ सुरु गरेको छ । प्रहरीले कफ्र्यु सुरु हुन लागेको भन्दै सुरक्षित रूपमा आ–आफ्नो घर जान माइकिङ गरेको हो।
शुक्रबार तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शन हिंसात्मक भएको छ । एकीकृत समाजवादीको कार्यालयका साथै अर्को एक घरमा आगजनी भएको छ भने अन्य घरहरूमा तोडफोड भएको छ । राजावादी समूहले राजतन्त्रको पक्षमा गरेको प्रदर्शन हिंसात्मक बनेको हो।