झापा, चैत १५ । राजधानीको तीनकुनेमा भएको राजसंस्था पक्षधरहरूको आन्दोलनका क्रममा पत्रकारसहित दुईजनाको मृत्यु भएको छ ।

तीनकुनेमा आगलागीमा परेको घरबाट लाइभ गरिरहेका एक पत्रकारको जलेर मृत्यु भएको हो ।
एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले प्रहरी तथा काठमाडौँको सिडियो ऋषिराम तिवारीलाई पटकपटक फोन गरेका थिए । तर उनीहरूले कुनै जिम्मेवार जवाफ नदिएको बुझिएको छ।
रजक उक्त आगलागीमा नपरेको जवाफ सुरक्षाका अधिकारीले दिएका दिए। तर, अहिले गृह स्रोतले नै घटनामा परी जलेका व्यक्ति एभिन्युजका भिडियो पत्रकार रहेको पुष्टि गरेको छ। राजसंस्था पक्षधरहरूको आन्दोलनमा परी कीर्तिपुरका सविन महर्जनको पनि गोली लागेर निधन भएको छ।