झापा , चैत १६ । झापाको दमकमा आफ्नै घरबाट हामफालेर एकजना वृद्धको मृत्यु भएको छ ।

दमक– ५ दिपिनी मार्गस्थित आफ्नै ३ तले घरको छतबाट हामफाली ८१ वर्षीय टेकबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली गएको र घटनाबारे अनुसन्धान शुरु गरिएको सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्