झापा चैत १७ । बिर्तामोड बसपार्कमा लागूऔषध बिक्री गर्दागर्दै एक युवती पक्राउ परेकी छन् ।

आज बिहान ६ः३० बजे अर्जुनधारा नगरपालिका वडा न. ११ नयाँ बसपार्कमा लागूऔषध बिक्री भइरहेको सूचनाको आधारमा प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन वडा न. २ बस्ने बर्ष १९ की बर्षा केदेमलाई पक्राउ गरेको हो ।
उनको शरीर खानतलासी गर्दा प्लाष्टिकमा पोका पारी राखेको २ ग्राम ९८० मिलिग्राम बाउनसुगर फेला परेको हो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा बिर्तामोडमा राखिएको छ ।