बिर्तामोड , चैत १८ । बचत फिर्ता नपाएको भन्दै बिर्तामोड नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि देउराली बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको कारोबार मिलाएको छ ।


बचत फिर्ता नपाएको भन्दै बचतकर्ताहरु महेश सुनुवार, गर्जबहादुर मुखिया,अमुल राजवंशी र शेखराज निरौलाले गत असार ६ गते न्यायिक समितिमा उजुरी दिएका थिए । न्यायिक समितिले सम्बन्धित देउराली बचत तथा ऋण सहकारी संस्थालाई पत्राचार गर्न नपाई निवेदकहरु सहकारीमा गएर साधारण सभामा सहभागिता जनाएर बचतकर्ता र सहकारीबिचमा सहमति भएको न्यायिक समितिका संयोजक रहेका बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिएका छन् ।

केही दिनअघि बचत फिर्ता नगर्ने बिर्तामोडका चारवटा सहकारीविरुद्ध न्यायिक समितिमा उजुरी परेको समाचार प्रकाशित भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्