झापा, चैत १८ । आगो निभाउने क्रममा भीरबाट लडेर ताप्लेजुङमा एक युवक बेपता भएका छन् ।

हिजो साँझ ७ बजे ताप्लेजुङ मेरिङदेन गाउँपालिका १ लुङजाटोल बस्ने देउमान लिम्बूको निजी वनमा आगलागी हुँदा निभाउने क्रममा भीरबाट लडेर इलाम नगरपालिका २ संगम टोल बस्ने अन्दाजी २७ वर्षीय भुपेन्द्र बि.क. बेपत्ता भएका हुन् ।

आफ्नै मामा मेरिङदेन १ लुङजा टोल बस्ने सुजन बि.क.को घरमा उनी पाहुना गएका थिए । आगो नियन्त्रण गर्ने क्रममा भीरबाट अचानक अन्दाजी २५० मिटर तल झरेर उनी बेपता भएको जनाइएको छ ।

वडा अध्यक्ष सबिनकुमार चोङवाङले प्रहरी चौकी सान्थाक्रामा जानकारी गराउनसाथ प्रहरी टोली खटिएको थियो । भीरमा आगो लागिरहेको र ढुंगासमेत झर्दै गरेको अप्ठ्यारो भएका कारण खोजतलास गर्न कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्