झापा, चैत १८ । कोदालो र आरा प्रहारबाट दुईजना घाइते भएका छन् ।

मोरङमा कोदालो प्रहार र पाँचथरमा हातेआरा प्रहारबाट एक–एकजना घाइते भएका हुन् । हिजो साँझ ७ बजे मोरङ बेलबारी १० भाउन्ने बस्ने २७ वर्षीय पवन तामाङलाई सोही ठाउँ बस्ने ४८ वर्षीय कृष्ण कार्कीले सामान्य विवाद हुँदा एक्कासि कोदालोले निधारमा प्रहार गरेका थिए । घाइते तामाङलाई उपचारको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ । कोदालो प्रहार गर्ने कार्कीलाई कोदालोसहित नियन्त्रणमा लिई प्रहरी चौकी डाँगीहाटमा राखिएको छ ।
उता पाँचथरको मिक्लाजुङ ४ हेकुनम्बा बस्ने अन्दाजी ४० वर्षीय दिपेन्द्र राईलाई सामान्य विवादका कारण सोही ठाउँ .बस्ने १८ वर्षीय सरोज राईले काठ काट्ने हातेआराले टाउकोमा प्रहार गरेका छन् । घाइतेको आधारभूत अस्पताल रविमा उपचार भइरहेको छ । आरा प्रहार गर्ने सरोज राई उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।