झापा, चैत १८ । इलामबाट झापाको दमकतर्फ मोटरसाइकलमा हालेर अवैधरुपमा काठ ल्याउँदै गर्दा प्रहरीले पक्राउ परेको छ ।

आज बिहान अन्दाजी ३ः३० बजे इलाम चुलाचुली– ५ चपेटीस्थित भित्री सडकखण्डमा माङसेबुङबाट दमकतर्फ अन्दाजी ६ क्यु फिट बराबरको ८ थान सखुवाको काठ बोकेर को ४५ प ९३०१ नम्बरको मोटरसाइकल आउँदै गर्दा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको गस्ती टोलीलाई देख्नसाथ मोटरसाइकल चालक काठ र मोटरसाइकल छोडेर फरार भएका थिए ।

उनको खोजतलास भइरहेको र काठ र मोटरसाइकल सब डिभिजन वन कार्यालय चुलाचुलीमा बुझाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।