झापा, चैत १८ । बैंकिङ कसूर मुद्धामा फरार एकजना प्रतिवादी आज साँझ इलामबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा तोपगाछी गाविस.वडा नं.९ नागरिकता उल्लेखित वतन भई हाल इलाम चुलाचुली वडा नं.४ बस्ने ३९ वर्षीय दुर्गाप्रसाद पौडेल रहेका छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो ।
पौडेल फरार रहेको अबस्थामा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले साँझ ५ बजे चुलाचुली –४ बाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।