झापा , चैत २० । इलाममा ससुराले बन्चरो प्रहार गरी ज्वाइँलाई घाइते बनाएका छन् ।

आज बिहान ११ बजे इलाम नगरपालिका– १२ साङरुम्बा बस्ने ८८ वर्षीय अम्बरसिंह लिम्बूले आफ्नै ज्वाइँ ५० वर्षीय कृष्ण जवेगुलाई बन्चरो प्रहार गरेका हुन् । बन्चरो प्रहार गर्नुपर्ने कारण खुलिसकेको छैन ।

घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल इलामतर्फ पठाइएको छ । टाउकोमा चोट लागेका घाइतेको अवस्था गम्भीर रहेको छ । बन्चरोसहित बन्चरो प्रहार गर्ने वृद्ध लिम्बूलाई प्रहरी चौकी गोलाखर्कले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्