झापा, चैत २१ । झापाको कमल गाउँपालिका वडा न. ५ मा रहेको सगरमाथा ग्यारेजमा आगलागी भएको छ ।

लवडाँडाबाट ५० मिटर भित्र गेटबाँधमा सञ्चालनमा रहेको सो ग्यारेजमा गएराति अन्दाजी १० बजे कोही नभएको अवस्थामा अचानक आगलागी भएको हो । आगलागीवाट सोही ग्यारेजमा विगत ८÷९ महिनादेखि मर्मतको लागि राखेको बा १ ज ९६६७ नम्बरको भ्यान पूर्णरुपमा जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली, कमल गाउँपालिका र दमक नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्