झापा, चैत २१ । कुकुरको टोकाईबाट मोरङमा एकजना वृद्धको मृत्यु भएको छ ।

आज बिहान ८ बजे मोरङ बेलबारी– १० स्थित १ न. चोकमा तत्काल नाम थर वतन बताउन नसक्ने अन्दाजी ६० वर्षीय वृद्धलाई छाडा कुकुरले दाहिने खुट्टाको पिडुँलामा टोकी घाइते बनाएको थियो ।
उनलाई प्रहरी चौकी डाँगीहाटबाट खटिएको प्रहरी टोलीले फेला पारी नगर अस्पताल बेलबारीमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाएको थियो । घाइतेलाई कोशी अस्पताल बिराटनगर पुर्याउनसाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।