झापा,चैत २२ । कोशी प्रदेश सरकारले चैत २७ गते तेह्रथुमको तीनजुरे क्षेत्रबाट ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्ने भएका हुन् ।चैतको तेस्रो साता बित्दा समेत उद्घाटन गर्ने क्षेत्रमा लालीगुराँस नफुलेपछि बाटोको आसपासको गुराँसको कोपिलामा लागेको धुलो र धुवाँ पखाल्न पानी हाल्ने काम भैरहेको लालिगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए।

तीनजुरे लालीगुराँसको राजधानी मानिन्छ, जहाँ ३२ प्रजातिका गुराँस पाइन्छन्। नेपालमा पाइने ३६ मध्ये ३२ प्रजातिका गुराँस यही क्षेत्रमा पाइन्छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्