झापा, चैत २३ । इलामको रोङमा कारको ठक्करबाट स्कुटी चालक घाइते भएका छन् ।

गएराति ८ः३० बजे रोङ वडा नं. ३ शिवालय चौकस्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको मे ११ प ४२१७ नं.को स्कुटीलाई सोही दिशाबाट जाँदै गरेको डब्लुबी ७७ बी ०४०५ नम्बरको कारले साईड दिने क्रममा ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटी चालक रोङ वडा न.४ बाघखोर बस्ने ४५ वर्षीय लोकबहादुर राई घाइते भएका छन् ।
घाइतेलाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड ल्याइएको छ । स्कुटी, कार र कार चालक भारत पश्चिम बंगाल लिम्सेबुङ –७ बस्ने ३७ वर्षीय बिमल भट्टराईलाई प्रहरी चौकी हर्कटेले नियन्त्रणमा लिएको छ ।