झापा,चैत २३ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अटोमोबाइल र अटोपाट्र्समा अधिकतम खुुद्रा मूल्य (एमआरपी) तोक्न अटोमोबाइल एसोसिएसन नेपाल (नाडा) लाई निर्देशन दिएको छ ।


विभागका महानिर्देशक कुुमार दाहालले नाडा व्यवसायीसँगको औपचारिक छलफलमा अटोपाट्र्स एमआरपी तोकेर मात्रै बजारमा ल्याउन निर्देशन दिएका हुन् ।
यसअघि डन्डी र सिमेन्ट उद्योगीलाई बोलाएर एमआरपी तोक्न निर्देशन दिएको विभागले नाडाका पदाधिकारीलाई बोलाएर एमआरपी तोक्न निर्देशन दिएको हो ।

अहिलेसम्म अटोमोबाइल र अटोपाट्र्सको एमआरपी नतोकिँदा व्यापारीले जति भन्छन् उपभोक्ता त्यति नै तिर्न बाध्य छन् । यस्ता वस्तुुको मूल्य पसलैपिच्छे फरक हुुने गरेको छ । कतिपय व्यापारीले व्यक्तिको अनुुहार हेरेर मूल्य भन्ने प्रवृतिको अन्त्यका लागि पनि अटोमोबाइल र अटोपाट्र्समा अनिवार्य एमआरपी तोक्नुुपर्ने आवश्यकता रहेको जनाइएको छ ।
छलफलमा नाडाका अध्यक्ष करण चौधरीले एक साताभित्र सबै व्यवसायीले अटोमोबाइल र अटोपाट्र्सको एमआरपी तोकेर मात्रै बिव्रmी गर्ने प्रतिबद्धता व्यक्त गरे । सबै व्यवसायीलाई यस विषयमा आजैदेखि ‘इमेलमार्फत सर्कुुलर’ गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

विभागले यो साताको सुुरुदेखि नै अटोमोबाइल र अटोपाट्र्सका व्यवसायी फर्मको अनुुगमन गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्