बिर्तामोड, चैत २३ । बिर्तामोड ७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनमा निर्वाचन लागेको छ ।

वन उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि दुईवटा प्यानलले उम्मेद्वारी दिने भएका छन् । बैशाख ४ गते हुन लागेको निर्वाचनको लागि एउटा प्यानलले आज उम्मेदवारी घोषणा गरेको छ ।नेकपा एमालेले सूर्य भट्टराईको अध्यक्षतामा प्यानल बनाएको छ ।

निर्वाचन प्रचार प्रसार समितिले एक कार्यक्रमका बीच अध्यक्षमा भट्टराईलाई उम्मेदवार घोषणा गरेको हो । उनको प्यानलमा उपाध्यक्षमा कुलप्रसाद साँवा, सचिव सृष्टि राई, सहसचिव लक्ष्मीप्रसाद पौडेल र कोषाध्यक्षमा नैनकला गुरागाईलाई उम्मेदवार घोषणा गरिएको छ ।

यस्तै, सदस्यहरुमा टोल नं. १ बाट खड्गप्रसाद प्रधान, रिता चौधरी, २ बाट भीम सुब्बा, रुपा घिमिरे, ३ बाट भीम अधिकारी, रञ्जु बराल, ४ बाट मनकुमार लिम्बू, सीतादेवी बस्नेत र ५ बाट प्रमिला घिमिरे, रिता खनाललाई उम्मेदवार घोषणा गरिएको छ ।

खुल्ला सदस्यमा पार्वता भुजेल, थलप्रसाद गदाईली (दलित), उर्मिला राई (खुल्ला महिला) र संजय लिम्बू ( खुल्ला पुरुष) उम्मेदवार बनेका छन् ।

हडम मुर्मुको अध्यक्षता तथा कोशी प्रदेश सरकारका मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले उम्मेदवारहरुको नामावली घोषणा गरेका थिए । एमालेले एक्लै निर्वाचन लड्ने गरी उम्मेद्वार घोषणा गरिरहँदा नेकपा माओवादी केन्द्र , नेपाली कांग्रेस र राप्रपाले संयुक्त प्यानल बनाउने भएका छन् । उक्त प्यानलबाट कृष्णप्रसाद लिम्बू अध्यक्षमा उठ्ने भएको बुझिएको छ । भोलि मनोनयन दर्ता रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्