झापा, चैत २५ । झापाको हल्दीबारी गाउँपालिका वडा नं ५ कन्चनश्री बजारमा अस्थाई प्रहरी चौकी स्थापना भएको छ।

स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गराउन प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ७ जना प्रहरी रहनेगरी अस्थाई प्रहरी चौकी स्थापना गरिएको हो।हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले प्रहरी चौकी उद्घाटन गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक मिलन के.सी., अरिदमन गण चारआलीका गणपति प्रमुख सेनानी प्राजु बस्न्यात, सशस्त्र प्रहरी बल नेपाल २ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, प्रहरी निरीक्षक मेहेंगी ल्हामु तामाङ, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, सचिव नविन बिमलीलगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै हल्दीबारी वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी, वडा नं ५ का वडा अध्यक्ष खड्गबहादुर लावती, कार्यपालिका सदस्यहरू भगिरथा दाहाल, सुष्मा महरा, वडा सदस्यहरू बिजय फागो,जीवन कन्दङ्वा , राष्ट्रिय प्रजातन्त्र पार्टीका गाउँ समिति अध्यक्ष एकराज रानामगर, नेपाली कांग्रेसका गाउँ सभापति गंगा प्रसाई, नेकपा माओवादीका अध्यक्ष खकेन राजवंशी, नेकपा एमालेका प्रतिनिधि धनकेशर बस्नेत,हरियाली वन समूहका अध्यक्ष झम्विर नेम्वाङलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
लामो पहलपछि हल्दीबारीको पुरानो बजार कन्चनश्रीमा प्रहरी चौकी स्थापना भएको हो । कार्यक्रमको संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले गरेका थिए। कन्चनश्रीमा अस्थाई प्रहरी चौकीको कमाण्ड प्रहरी सहायक निरीक्षक राजेश पौडेलले सम्हालेका छन् ।