झापा, चैत २६ । झापाको अर्जुनधारा नगरपालिका वडा न.१ स्थित हलुवागढ सामुदायिक वनभित्र महिलाको सडेको शव फेला परेको छ ।

फाइल फोटो

हिजो दिउँसो १२ बजेतिर घाँस काट्न गएका स्थानीयले हलुवागढ सामुदायिक वनभित्र आँपखोल्सी भन्ने स्थानमा कपाल र हाडखोर मात्र भएको महिलाको सडिसकेको शव फेला पारेका थिए । उनीहरुले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएपछि प्रहरी टोली पुगेको थियो । मृतक इलाम रोङ गाउँपालिका २ बर्फल्याङ बस्ने ६२ वर्षीया सीतादेवी खड्का भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । मानसिक अवस्था ठीक नभएकी ती वृद्धा गत माघ २८ गतेदेखि घरबाट हराएकी थिइन् ।

यसअघि पनि उनी तीन–चारपटक हराएकी थिइन् । ती वृद्धा हराएको भनेर परिवारले प्रहरीमा निवेदन दिएका थिए ।कपडाको आधारमा पहिचान गरी मृतकका छोरीले शव बुझेर लिएर गएको डीएसपी विष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्