झापा, चैत २७ । ओखलढुंगामा विद्युत सर्ट भई घरमा आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको छ ।

गएराति ११.४५ बजे ओखलढुंगा मोलुङ– . ५ केउरेनी वस्ने तेजबहादुर मग्रातीको ढुङ्गा माटोको गारो, ढुङ्गाको छानो भएको दुईतले घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी भएको थियो ।

आगलागीबाट घर, घरभित्र रहेको नगद ४१ हजार , सुन २ तोला , अन्नपात, लत्ताकपडा, भाँडावर्तन गरी जम्मा ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्