झापा , चैत २७ । श्रीमतीलाई मादक पदार्थ सेवन गरी निलडाम हुने गरी कुटपिट गर्ने धरानका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ ७.३० बजे सुनसरी धरान – ४ गैरीगाउँ बस्ने ३४ वर्षीय रबिलाल राईले आफ्नी श्रीमती अन्दाजी ४० वर्षीया सबिना राईलाई मादक पदार्थ सेवन गरी शरीरमा निलडाम हुने गरी कुटपिट गरेका थिए ।
बायाँ हातमा चोट लागेका घाइतेलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । कुटपिट गर्ने रविलाललाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।