झापा , चैत २७ । मानसिक रुपमा अशक्त भएकी नाबालिकालाई जबरजस्ती करणी गर्ने इलाम चुलाचुलीका एक वृद्ध पक्राउ परेका छन् ।

चुलाचुली गाउँपालिका वडा नं २ खत्री चोक बस्ने ७१ वर्षीय जयबहादुर कुमाल पक्राउ परेका हुन् । उनले चैत २५ गते ती नाबालिकालाई जबरजस्ती करणी गरेका थिए ।
प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।