झापा , चैत २८ । पाँचथरमा श्रीमानले श्रीमतीमाथि चक्कु प्रहार गरेका छन् ।

गएराति ८ः४० बजे पाँचथर हिलिहाङ –७ सल्लेरीमा श्रीमान श्रीमतीबिच घरायसी बिषयमा विवाद हुँदा श्रीमानले श्रीमतीलाई चक्कु प्रहार गरेका हुन् । फिदिम –६ शिवा बस्ने ३५ वर्षीय हरिप्रसाद तुम्रोकले उनकी श्रीमती ३१ वर्षीया सुमन्ता पन्धाक (तुम्रोक)लाई ससुराली घरमा आई धारिलो हतियार चक्कुले टाउकोमा प्रहार गरेका हुन् ।

सुमन्ताको निधार अगाडीको भाग र टाउको बिचमा भागमा चोट लागेको छ । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथरतर्फ पठाइएको छ । श्रीमतीलाई चक्कु हान्ने हरिप्रसाद फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्