झापा , चैत २९ । झापाको बाह्रदशीमा पोखरीमा डुबेर बालकको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका वडा न. ३ बस्ने लोकबहादुर तामाङका छोरा ९ वर्षीय कृष्ण तामाङलाई उनकी आमा सिया लामाले माइतीघर बाह्रदशी गाउँपालिका वडा न.२ किरात टोलका पदम लामाको घर लगेकी थिइन् । मावल घरदेखि ५० मिटरपूर्व पोखरीको डिलमा खेल्ने क्रममा आज दिउँसो ३ बजे पानीमा डुबेर ती बालक सिकिस्त भएका थिए ।

उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा दिउँसो ४ः५० मृत्यु भएको हो । घटना सम्बन्धमा कानुनी प्रकृया र थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्