झापा, चैत २९ । झापाको बिर्तामोडमा लागूऔषधसहित दुईजना भारतीय पक्राउ परेका छन् ।

आज दिउँसो १२ः५५ बजे बिर्तामोडको सिटीसेन्टरस्थित पूर्वपश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले काठमाडौबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्र.३–००१ ख २८२५ नम्बरको न्यू सृष्टी गोल्ड रात्रीकालीन बसमा सवार भारत बेङ्लोर कनाटाकास ईजिपुरा बस्ने ३७ वर्षीया सनम सेख र नागावार बस्ने ५१ वर्षीय ईबराहिम केथाड्थलाई शंका लागेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा उनीहरुको २ वटा सुटकेशभित्र खानेकुरा चिप्सको ३६ थान प्याकेटभित्र लुकाई छिपाई राखेको लागूऔषध गाँजा ५ के.जी ५३४ ग्राम र २ वटा डब्बाभित्र रहेको लिसाईलो पदार्थ जस्तो देखिने जेली ८ थान फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्