बिर्तामोड , चैत ३० । रोट्रयाक्ट क्लब अफ बिर्तामोडले बोनम्यारोपीडित एक बालकलाई आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभावका कारण आफ्ना चार वर्षीय छोरा उज्वल ठाकुरलाई उपचार गराउन नसकिरहेका बिर्तामोड ५ जात्रुवारीका बुवा मुकेश ठाकुर र आमा पिंकी राजवंशी ठाकुरलाई रोट्रयाक्ट क्लब अफ बिर्तामोडले १५ हजार नगद सहयोग गरेको हो । भारतको चेन्नईमा उपचारका लागि लैजानुपर्ने आफ्ना छोरालाई आर्थिक अभावमा उपचार गराउन समस्या भइरहेको बुवा मुकेश ठाकुरले बताए । आफूहरुको संस्था आर्थिकरुपले सबल नभएपनि सदस्यहरुबाट संकलन गरी बोनम्यारोपीडित बालकलाई आर्थिक सहयोग गरेको रोट्रयाक्ट क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट प्रज्वल बिमलीले बताए । उनले यस किसिमका सामाजिक कार्यहरु संस्थाले निरन्तर गर्दै आएको जानकारी दिए ।

संस्थाका प्रेसिडेन्ट बिमलीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष प्रवेश बस्नेत , पास्ट प्रेसिडेन्टहरु दिवाकर प्रसाई , राज मुखिया , बसन्त ढकाल , बसन्त बुढाथोकी , इमिडेट पास्ट प्रेसिडेन्ट वाप्पा शाहलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन क्लब एडमिन चेयरपर्सन श्रद्धा प्रसाईले गरेकी थिइन् । कार्यक्रमको दोस्रो चरणमा नयाँ सदस्यहरुका लागि इन्डक्सन कार्यक्रम राखिएको थियो । कार्यक्रमको सहजीकरण आइपीपी वाप्पा शाहले गरेका थिए । कार्यक्रममा १५ जना नयाँ सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्