झापा, बैशाख २ । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङले लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।


हिजो साँझ हावापानीसँगै परेको चट्याङले लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

चट्याङले लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएका हुन् । घाइते सबैको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको छ । उपचाररत चारैजना खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्