झापा, बैशाख १ । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आज साँझ गोली प्रहार हुँदा तीनजना जना घाइते भएका छन् ।

घाइते हुनेमा देवानगञ्ज १ बस्ने २१ वर्षीय शिवकुमार मेहता, २७ वर्षीय रविनकुमार यादव र २१ वर्षीय पिन्टु यादव रहेका छन् । उनीहरुको बिराटनगरस्थित नोबेल हस्पिटलमा उपचार भइरहेको छ । साँझ ६ः४५ बजे देवानगञ्ज २ चमेनिया पोखरी जाने बाटोमा मोटरसाइकलमा सवार तीनजना ब्यक्तिले ३ राउण्ड गोली चलाई फरार भएका थिए ।
तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । देवानगञ्ज ७ बस्ने २४ वर्षीय जयक्रिश यादवलगायतको समूह त्यस कार्यमा संलग्न रहेको बुझिएको छ ।