झापा, बैशाख २ । सुनसरीमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

रामधुनी र बर्जुमा एक–एकजनाको मृत्यु भएको हो । गएराति रामधुनी नगरपालिका ७ पञ्चायनस्थित पानीको नालीमा डुबेर डंग्राही टोल बस्ने ४२ वर्षीय प्रेम नुडी शेर्पाको मृत्यु भएको हो ।

आज बिहान ६ः५० बजे अस्थायी प्रहरी पोष्ट पञ्चायनमा जानकारी प्राप्त हुनासाथ टोली खटिएर हेर्दा शेर्पाको खुट्टाको भाग पानीमा रहेको र अन्य भाग पानी बाहिर भेटिएको थियो ।

त्यस्तै आज बिहान ७ बजे बर्जु गाउँपालिका ४ हर्वोनीस्थित लाल इटाभट्टाको कम्पाउण्डभित्र इटा बनाउनका लागि माटो निकाल्दा खाल्डो परि बनेको पोखरीभित्र सोही ठाउँ बस्ने ६५ वर्षीय शुक्रबहादुर मगरको डुबेर मृत्यु भएको छ ।

सोही वडाका वडा अध्यक्षमार्फत खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय सितागञ्जबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय दुहबीबाट टोली खटिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्