झापा , बैशाख २ । जंगली हात्तीले लखेट्दा लडेर मेचीनगरका एकजना घाइते भएका छन् ।

आज बिहान अन्दाजी १० बजे कालीझोडा सामुदायिक वनमा दाउरा खोज्न जाँदा एक्कासि एउटा जंगली हात्ती आई लखेट्दा भाग्ने क्रममा लडेर मेचीनगर नगरपालिका वडा नं १२ कालिका बस्ने ३२ वर्षीय सन्तोस लिम्बू घाइते भएका हुन् ।
घाइते अवस्थामा उनकै भाई सुजन लिम्बूले फेला पारी उपचारको लागि बिर्तासिटी अस्पताल लिएर आएका छन् । उनको बाँया खुट्टा भाच्चिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।