झापा, बैशाख ३ । झापाको दमकमा टिपरले तीनजना सवार मोटरसाइकललाई ठक्कर दिँदा तीनैजना घाइते भएका छन् ।

आज बिहान ८ बजे दमक नगरपालिका ३ दुम्से चोकस्थित भित्री पक्की सडकखण्डमा बेलडाँगीबाट मधुमल्लातर्फ जाँदै गरेको बागमती प्रदेश –०३–००१ क ०३६४ नं.को टिपरले मधुमल्लाबाट बेलडाँगीतर्फ आउँदै गरेको मे ८ प ९६५९ नं.को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक शिवसताक्षी ६ बस्ने १९ वर्षीय विवेक पण्डित, सोही मोटरसाइकलमा पछाडी सवार वडा नं ७ बस्ने १९ वर्षीय आकाश राजवंशी , सोही वडा बस्ने १८ वर्षीय अशोक राजवंशी घाइते भएका छन् । घाइतेहरुलाई आम्दा अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रिफर गरिएको छ ।

टिपर चालक उदयपुर कटारी ५ बस्ने ३५ वर्षीय सुकबहादुर खड्का र दुबै सवारी साधनलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्