बिर्तामोड, बैशाख ५ । झापाको बिर्तामोड ७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचनमा चारदलीय गठबन्धनको प्यानल नै निर्वाचित भएको छ ।

केहीबेर अघि सम्पन्न मतगणना अनुसार नेकपा एमालेको प्यानललाई पराजित गरी नेकपा माओवादी केन्द्र , नेपाली कांग्रेस , राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको गठबन्धन निर्वाचित भएको हो । एमालेका उम्मेद्वार सूर्यबहादुर भट्टराईलाई २३१ मतको फराकिलो अन्तरले पराजित गरी गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेद्वार कृष्णप्रसाद लिम्बू निर्वाचित भएका छन् । लिम्बूले ४८४ मत ल्याउँदा भट्टराईले मात्र २५३ मत पाएका छन् । यो जितसंगै अघिल्लो निर्वाचनमा एमाले उम्मेदवारबाट भोगेको पराजयको लिम्बूले बदला लिएका छन् ।
त्यस्तै गठबन्धनका तर्फबाट उपाध्यक्षमा मंगलसिंह साँवा ४५६, सचिव इन्दिरा अधिकारी बाँसकोटा ४३२ , सहसचिव जीवन कार्की ४१० र कोषाध्यक्षमा इश्वरादेवी भट्टराईले ४३५ मत ल्याई विजय हासिल गरेका छन् ।
त्यस्तै महिला सदस्यमा शान्ता उप्रेती ४१९ , मन्जु कट्टेल उप्रेती ४२०, जनजातितर्फ बुद्धराज लिम्बू ४२६, दलिततर्फ सावित्रा कार्की ४३१ र आदिवासीतर्फ मनमाया हस्दाले ४३६ मत ल्याई विजय हासिल गरेका छन् ।
