झापा, बैशाख ५ । झापाको बिर्तामोड–९ मा घरबाटै मोटरसाइकल चोरी भएको छ ।

गएराति बिर्तामोड –९ नरियावारी बस्ने मिलन खड्काको प्र १–०१३प ३०३२ नं को १५० सीसीको पल्सर मोटरसाइकल घरबाटै चोरी भएको हो । कम्पाउन्ड भएको घरभित्रबाटै आफ्नो मोटरसाइकल चोरी भएको खड्काले जानकारी दिएका छन् । उनले त्यसबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएको बताएका छन् ।
