झापा , बैशाख ५ । झापामा ठूलो परिमाणको लागूऔषधसहित अर्का एकजना समातिएका छन् ।

आज दिउँसो ३.४० बजे मेचीनगर –६ स्थित मेची पुलमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको टोलीले शिकारी कुकुरको सहयोगमा भारतवाट नेपालतर्फ आउँदै गरेको मे ९ प ३४६३ नं.को मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा पाँचथर कुम्मायक गाउँपालिका –३ बस्ने २९ वर्षीय अइन्द्रविक्रम खड्काले मोटरसाइकलको ट्यांकीमा लुकाई छिपाई ल्याएको २७ ग्राम १३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । लागूऔषध, मोटरसाइकल र खड्कालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कार्बाहीको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।

आजै कचनकवल गाउँपालिका वडा न. ६ बनियानी चोकमा ४९ ग्राम ५९० मिलिग्राम ब्राउनसुगरसहित कचनकवल –५ बस्ने २८ वर्षीय कासिम मिया पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्