झापा, बैशाख ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अबको आन्दोलन वार कि पारको हुने चेतावनी दिएका छन्।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन हल्दिबारी झापाले आयोजना गरेको नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लिङ्देनले देशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्यका लागि राप्रपा सडकदेखि सदनसम्म आन्दोलन गर्न तत्पर रहेको बताए । उनले जिल्लादेखि केन्द्रसम्म आन्दोलनको लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिए।

ठुला दलको नीतिगत भ्रष्टाचारका कारण दिन प्रतिदिन नेपालीहरूको शीरमा ऋणको भारी बढेको भन्दै भ्रष्टाचारको अन्त्यका लागि राप्रपाको एजेण्डामा साथ दिन उनले सबैलाई आग्रह गरे ।

महिला संगठनकी अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, कोशी प्रदेश सचिव कुमार भट्टराई, प्रदेश सदस्य टिका राउत,जिल्ला उपाध्यक्ष सीता लम्साल, जिल्ला कोषाध्यक्ष यज्ञनिधि भुर्तेल, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी जिल्ला अध्यक्ष शारदा रिजाल, जिल्ला उपाध्यक्ष झुमा दाहाल, जिल्ला सचिव शिखा खड्का गणेश,क्षेत्र नं ३ का क्षेत्रीय अध्यक्ष तुलसादेवी आचार्य, क्षेत्रीय सचिव खिवराज भट्टराई, क्षेत्रीय सदस्य बमबहादुर कन्दङ्वा,प्रदेश ख अध्यक्ष एवं हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, प्रदेश ख सदस्य देवीबहादुर थापा , युवक संगठनका क्षेत्रीय अध्यक्ष एवं हल्दीबारी ४ का वडाध्यक्ष सन्तकुमार थापालगायतको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्