झापा, बैशाख ८ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुको भाडा भुक्तानीलाई सहज र सरल बनाई सुविधा प्रदान गर्ने उद्देश्यले सगरमाथा यातायात प्रा. लि. का ३४ वटै सार्वजनिक यातायातमा डिजिटल माध्यमद्वारा भाडा भुक्तानी गर्न सक्ने सुविधाका लागि फोन पेको क्युआर सेवा प्रदान गरेको छ ।

काठमाडौं उपत्यकाबाहिर नेपालभरमै सार्वजनिक यातायातमा आधिकारिक रुपमा सुरुवात गरिएको यस प्रकारको सेवा सम्भवतः यो नै पहिलो पटक हो ।

यात्रुहरुको माग र समय अनुकूल सेवा विस्तार गर्दै जाने कम्पनीको उद्देश्यअनुरुप यो सेवाको सुरुवात गरिएको हो ।

यस सेवाबाट यात्रुहरुले आफ्नो मोवाइलबाट नै भाडा भुक्तानी गर्न सक्ने हुँदा नगद बोकिरहने र खुद्रा पैसाको झन्झटबाट मुक्ति पाउने छन् ।

नेपाल– भारतबिचको सीमानाका काँकडभिट्टा र जोगवनी दुबै स्थानहरुबाट बस सेवा संचालनमा रहेको हुँदा भारतबाट नेपाल भ्रमणमा आई बस सेवा उपयोग गर्ने भारतीय नागरिकहरुले समेत आफ्नै भारतीय बैंक खाताको प्रयोग गरि डिजिटल माध्यमबाट भाडाको भुक्तानी गर्नसक्ने व्यवस्थासमेत रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्