झापा, बैशाख ८ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशी नदीमा नुहाउने क्रममा मामा भान्जा बेपत्ता भएका छन् ।

फाइल तस्वीर

सुनसरीको इटहरी उप–महानगरपालिका–१६ बालग्रामका ४० बर्षीय नवराज बास्तोला र उनका १६ बर्षीय भान्जा जेनिस आचार्य बराहक्षेत्र मन्दिर छेउमा कोशी नदीमा नुहाउने क्रममा आज बिहान पौने ९ बजे बेपत्ता भएका हुन् ।

घटनाबारे जानकारी पाउनासाथ बेपत्ता भएका मामा र भान्जाको खोजतलासको लागि इलाका प्रहरी कार्यालय चतारा, प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरीको टोली खटिएको छ । त्यस्तै सशस्त्र प्रहरीको १५ जना गोताखोर टोलीसमेत खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्