झापा, बैशाख ८ । चन्द्रगढीस्थित झापा कारागारमा ढलेर एक कैदीको मृत्यु भएको छ ।

इलाम माङ्सेबुङ गाउँपालिका वडा नं ४ घर भई झापा कारागारमा कैद भुक्तान गरिरहेका ज्यानसम्बन्धी मुद्दाको कैदी ५९ वर्षीय धनबहादुर बिश्वकर्माको मृत्यु भएको हो ।
आज अपरान्ह अन्दाजी ४ः२५ बजे अचानक श्वास बढेर बिरामी भई ढलेका बिश्वकर्मालाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा ४ः४० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । उनले मृतकको आफन्तलाई खवर गरिएको बताए । मेडिकल रिपोर्टमा बिश्वकर्माको घाँटीमा क्यान्सरको लक्षण देखा परेको जनाइएको छ ।