झापा, बैशाख ८ । राष्ट्रिय स्वतन्त्र पार्टी बिर्तामोड नगर समितिको सभापतिमा दिपक दाहाल निर्वाचित भएका छन् ।

पार्टीको नगर अधिवेशनले दाहालको नेतृत्वमा नगर समिति चयन गरेको हो । जसको उपसभापतिमा अनुप निरौला , सचिव सृजन अधिकारी , सहसचिव मनोज राजवंशी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सावित्रा खनाल , जितेश अग्रवाल , ललिता लिम्बू , विष्णु थापा , चन्द्रादेवी भट्टराई , कल्पना बयलकोटी , रोहित न्यौपाने , अम्बिका राय र रामबहादुर बस्नेत रहेका छन् ।

सभापति र सहसचिवमा चुनावी प्रतिष्पर्धा भएको थियो भने बाँकी सबै पदमा सर्वसम्मत चयन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी झापाका कार्यवाहक सभापति प्रकाश पाठकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्