झापा , बैशाख ९ । मेचीनगरमा सांघाई समूहले डोजर लगाएर मन्दिर भत्काएको छ ।

गएराति अन्दाजी ९.३० बजे मेचीनगर नगरपालिका वडा नम्बर ८ पातालगंगास्थित चिया विकास निगमअन्तर्गत टोकला चिया कमानले भाडामा लिई प्रयोग गर्दै आएको जग्गामा रहेको संसारी माताको मन्दिर सुवास सांघाईको समूहले डोजर लगाएर भत्काएको हो ।

यही बैशाख २० गते संसारी माताको पुजा गर्ने तयारीस्वरुप पुजास्थलमा घेराबारा गरिएको थियो । टोकला चिया कमानका प्रतिनिधिसहित मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष गणेश खरेललगायतसंग भएको छलफलमा टोकला चिया कमानले अन्यत्र मन्दिर बनाईदिने सहमति गरेको थियो ।

तर, मन्दिर नबनाई बिनासल्लाह पुजास्थलमा डोजर लगाएर भत्काएपछि मन्दिर ब्यबस्थापन समितिले बिरोध गरेको छ । उनीहरुले बैशाख २० गतेसम्ममा मन्दिर स्थापना गर्नु पर्ने माग गरेका छन् । हाल मन्दिर ब्यबस्थापन समिति, टोकला चिया कमानका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीयबीच छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्