झापा, बैशाख ९ । बिर्तामोडको एक सुधार केन्द्रमा लडेर महिलाको मृत्यु भएको छ ।

गएराति अन्दाजी १०ः१५ बजे बिर्तामोड नगरपालिका वडा न.५ किरात चौकस्थित क्षितिज महिला बिकास समाज सुधार केन्द्रको शौचालयमा लडेर इलाम नगरपालिका वडा न.४ बरबोटे बस्ने ५० वर्षीया जिवनकला काफ्लेको मृत्यु भएको हो । शौचालय जाने क्रममा लडेर बेहोस भएकी काफ्लेलाई सुधार केन्द्रकी संस्थापक तिलरुपा कटुवालले मनमोहन अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल पुर्याउनसाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी बिगत ३ महिनादेखि सुधारको लागि सो सुधार केन्द्रमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्