झापा, बैशाख ९ । तीनकुने घटना र दुर्गा प्रसाई पक्राउ परेपछि पहिलोपल्ट प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले झापाको बिर्तामोडमा विरोध प्रदर्शन गरेको छ ।

पक्राउ परेका अभियानका केन्द्रीय संयोजक प्रसाईलगायतका नेता कार्यकर्ताहरुको रिहाईको माग गर्दै प्रदर्शन गरिएको हो । अभियानको झापा जिल्ला कमिटी र स्वतन्त्र नागरिक समाज झापाको संयुक्त आयोजनामा अभियानका झापा जिल्ला संयोजक राजेश राजवंशी र स्वतन्त्र नागरिक समाजका सदस्य सन्तोष बिमलीको नेतृत्वमा करिव २०० जनाको सहभागितामा र्याली निकालिएको हो ।

नेपालको झण्डा बोकेका सहभागीहरुले राजतन्त्रको पक्षमा र गणतन्त्रको विपक्षमा नारा लगाएका छन् । बिर्तामोडस्थित सिटीसेन्टर अगाडिबाट शुरु भएको र्याली मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्