झापा, बैशाख ११ । इलामको माई नगरपालिका–६ भोटेटारबाट आज १३२ क्युविक गोलिया बरामद भएको छ।

सूर्यमुखी सामुदायिक वन उपभोक्ता समूह माई–६ भोटेटारको जंगलमा बेवारिसे अवस्थामा टुना बनाई राखिएको सखुवा जातको १० थान गोलिया बरामद गरिएको माई सव डिभिजन वन कार्यालय सुखानीका वन अधिकृत भुवनमणि शर्माले जानकारी दिए ।

अधिकृत शर्माका अनुसार गएराति जंगलमा राखेर गोलिया लग्न लागेको भन्ने जानकारी आएपछि आज माई सव डिभिजन वन कार्यालय सुखानीको टोलीले वन क्षेत्रबाट गोलिया बरामद गरेको हो । बरामद गोलिया सव डिभिजन वन कार्यालय सुखानी लगिएको छ। बरामद भएको गोलिया करिव ४ लाख मूल्य बराबरको रहेको छ। सूर्यमुखी सामुदायिक वन उपभोक्ता समूह लामो समयदेखि पदाधिकारीविहीन रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्