झापा, बैशाख १३ । मोरङ सुन्दरहरैचा नगरपालिका ४ मा रहेको बैधनाथ राईस मिलमा काम गर्ने कामदारको सुतेकै ठाउँमा मृत्यु भएको छ ।

गएराति १० बजे बैधनाथ राईस मिलमा काम गर्ने इटहरी ५ बस्ने ४८ वर्षीय शिवकुमार साह खाना खाई सुतेकोमा बिहान उठेका थिएनन् । अन्य कामदारहरुले आज बिहान ६ः३० बजे बोलाँउदा नबोलेपछि गएर हेर्दा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिएको छ ।