झापा,बैशाख १३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित भएको बताएका छन् ।

शनिबार मुलपानी क्रिकेट मैदानमा उनले नेपाली युवा खेलाडीको प्रतिभा देखेर आफूले नेपालको प्रशिक्षकका लागि आवेदन दिएको उल्लेख गरेका हुन् ।

उनले सवैको मुख्य लक्ष्य नेपाललाई फेरि विश्वकपमा पु¥याउनु भएको र त्यसमा ध्यान केन्द्रित गर्ने बताए । नेपालमा व्यावसायिक क्रिकेट संरचना र अभ्यास सुविधा निकै राम्रो देखिएको उनले बताए । उनले अहिले क्रिकेट टिममा व्यापक परिवर्तन भन्दा पनि खेलाडीलाई दिनुपर्ने भूमिकामा स्पष्टता देखिएको जिकिर गरे ।

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले अहिले नै प्रशिक्षकलाई धेरै बोझ दिने भन्दा पनि एकदिवसीय मान्यतामा ध्यान केन्द्रित गर्नुपर्ने बताए । नयाँ प्रशिक्षकसँग रहेर नेपाली टिमले राम्रो नजिता निकाल्ने उनले बताए ।

खड्काले नेपाली क्रिकेटमा राम्रो जग बसाल्नका लागि क्रिकेट संघ लागिपरेको धारणा राखे ।

नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले शनिबारबाटै जिम्मेवारी सम्हाल्दै राष्ट्रिय क्रिकेट टोलीसँग प्रशिक्षणमा समेत सहभागी भएका छन् । नेपाली टोली आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको तयारीमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्