झापा, बैशाख १३ । दलीय भागवण्डा अनुसारको सहमति नेकपा एमालेले उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले बहिष्कार गरेको झापा जिल्ला सहकारी संघको निर्वाचनमा अधिकांश पदमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । सचिव पदमा भने नेकपा माओवादी केन्द्रमा भवानीप्रसाद दंगाल विजयी भएका छन् ।

आज साँझ सार्वजनिक मतपरिणाम अनुसार खुल्लातर्फको उपाध्यक्षमा एमालेका नारायणप्रसाद भट्टराई निर्वाचित भएका छन् । उनले ११९ मत प्राप्त गरेका हुन् । सोही पदमा उम्मेदवारी दिएका डिल्ली दाहालले १०६ र अर्जुन दंगालले १७ मत ल्याएका छन् । त्यस्तै सचिव पदमा १५० मतससिहत माओवादीका भवानीप्रसाद दंगाल निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धीहरु युवराज गिरीले ६७ र लक्ष्मीप्रसाद बाँस्कोटाले २२ मत ल्याएका छन् ।

त्यस्तै सहसचिव पदमा १७१ मतसहित टसबहादुर श्रेष्ठ विजयी हुँदा उनका प्रतिष्पर्धी विनोद ढकालले मात्र ५९ मत ल्याएका छन् । त्यस्तै खुल्ला सदस्यहरुमा नारायण गौतम १६४ , प्रेमसागर सापकोटा १३७ र काशीनाथ घिमिरे १३१ मत ल्याउँदै निर्वाचित भएका छन् । अन्य उम्मेद्वारहरु ढुण्डीराज गुरागाँईले ८९ , चक्र लिम्बूले ७७ र कृष्ण पौडेलले ५४ मत ल्याएका थिए । त्यस्तै लेखा समिति संयोजकमा १६३ मतसहित चुडामणि ओझा निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी खडानन्द गुरागाँईले ६१ मत प्राप्त गरेका छन् ।
यसअघि अध्यक्षमा प्रेमकुमार कोइराला , वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा , महिला उपाध्यक्षमा देवी निरौला बस्नेत , कोषाध्यक्षमा केशव बस्नेत , महिला सदस्यहरुमा विन्दाकुमारी थापा , निलाकुमारी दाहाल , संगिता गजुरेल , पुष्पा अधिकारी (चम्लागाँई ) क्षेत्रीय सदस्य क्षेत्र नं १ मा देवीमाया अधिकारी , क्षेत्रीय सदस्य क्षेत्र नं ३ मा हरिकृष्ण अधिकारी , क्षेत्रीय सदस्य क्षेत्र नं ४ मा तिलकप्रसाद सिंह राजवंशी सर्वसम्मत भएका थिए । त्यस्तै लेखा सुपरीवेक्षण सदस्यमा मिलन आचार्य र लेखा सदस्यमा राजेन्द्रप्रसाद रिजाल पनि सर्वसम्मत भएका थिए ।३१३ सदस्य रहेको संघमा २४६ मत खसेको थियो ।