झापा, बैशाख १३ । विषालु सर्पले डसेर मोरङमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलबारी नगरपालिका–४ स्थित हिमालय चोक निवासी कुमार विश्वकर्माका ६ वर्षीय छोरा विपिन विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज दिउँसो १ बजेको समयमा आफ्नै घरको फूलबारीमा खेल्ने क्रममा बालक विपिनलाई सर्पले डसेको थियो । उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएकोमा दिउँसो २ बजे मृत्यु भएको थियो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्