झापा , बैशाख १५ । बिजुलीको पोलबाट नेपाल टेलिकमको तार काटिरहेको अबस्थामा तीनजनालाई सुरुङ्गा प्रहरीले पक्राउ गरेको छ ।

गएराति अन्दाजी ८ः३० बजे कनकाई नगरपालिका वडा नं. ३ सुरुङ्गास्थित पशुपति बोर्डिङ स्कुल अगाडी टेलिकमको तार काटिरहेको अबस्थामा चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका वडा नं. ५ बस्ने ४० वर्षीय सूर्यबहादुर कार्की ,झापा गाउँपालिका वडा नं. ६ बस्ने २८ वर्षीय रुपचन्द्र राजवंशी र कनकाई नगरपालिका वडा नं. ४ बस्ने २८ वर्षीय सुरेश वि.क. रहेका छन् ।
टेलिकमको तार काटिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी बरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा टोली खटिएर उनीहरुलाई टेलिकमको तार र तार काट्ने सामग्रीसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनैजनालाई आबश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय विर्तामाडमा राखिएको छ ।